यी हुन् विश्वकै सबैभन्दा शक्तिशाली राहदानी भएका ३० देश

काठमाडौं । जापान सबैभन्दा शक्तिशाली राहदानी (पासपोर्ट) भएको देशको सूचीको अग्रस्थानमा परेको छ ।
हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री तथ्याङ्कअनुसार जापान बलियो राहदानी हुने देशको पहिलो नम्बरमा परेको हो ।
जापानले १९३ मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने गरेको छ ।
यस्तै, जापानसहित सिंगापुर, दक्षिण कोरिया, जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली, लक्जम्बर्ग, अष्ट्रेलिया, डेनमार्क, नेदरल्याण्ड्स र स्विडेनलगायत ३० देश सबैभन्दा शक्तिशाली राहदानी भएको मुलुकको अग्रस्थानमा छन् ।
हेरौं सूची :
अर्कोतिर अफगानिस्तान भने विश्वकै सबैभन्दा कमजोर राहदानी भएको देशको सूचीमा परेको छ ।
अफगानिस्तानसँगै इराक र सिरियाको राहदानी पनि कमजोरको सूचीमा छन् ।
यस्तै, नेपाल पनि कमजोर नेपाली राहदानीको सूचीमा परेको छ । यद्यपि, नेपाल विश्वका ७ देशभन्दा भने अगाडि रहेको छ । नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।
रिपोर्टमा नेपालको राहदानी १०६ औं स्थानमा सूचीकृत रहेको छ । पहुँचका आधारमा ११२ सूचीमा विभाजन गरिएको रिपोर्टमा नेपालको राहदानी १०६ औं स्थानमा रहेको हो ।
यसअनुसार नेपाल छैठौं कमजोर राहदानी भएको मुलुक हो । नेपाल रहेको १०६ औं स्थानमा प्यालेस्टाइन पनि छ ।
अफगानी राहदानी विश्वकै सबैभन्दा कमजोर, कहाँ छ नेपालको स्थान ?
प्रतिक्रिया