पहिरोका कारण सिद्धाकोथान-जुङ्गु सडक अवरुद्ध
चरीकोट । निरन्तरको वर्षका कारण पहिरो जाँदा सिद्धाकोथान-जुङ्गु सडक अवरुद्ध भएको छ । केही दिनदेखि लगातार वर्ष भएपछि सो सडकखण्डको बैतेश्वर गाउँपालिका-८ देउरालीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
बैतेश्वर गाउँपालिका–८ क्षत्रपा यवो देउरालीमा पहिरोले सडकको ठूलो भाग बगाएपछि सडक अवरुद्ध भएको बैतेशवर गाउँपालिका–८ क्षत्रपाका वडाध्यक्ष शान्तबहादुर जिरेलले बताए ।
बैतेश्वर गाउँपालिका र गौरीशङ्कर गाउँपालिका जाने उक्त सडक पहिरोले भत्किएपछि सो क्षेत्रका नागरिकलाई आवतजावत गर्न समस्या भएको छ ।
भिरको बाटोमा सडकको ठूलो क्षेत्र पहिरोले बगाएपछि आज बिहानैदेखि सवारी आवतजावत बन्द भएको र तत्काल सञ्चालन हुने अवस्था नभएको अध्यक्ष जिरेलले बताए ।
पहिरोले सडक अवरुद्ध गरेपछि क्षत्रपा, यवो, जुङ्गु, कसेरी, चेत्पु, हुक्पा, झयाकुलगायत क्षेत्रका स्थानीयवासीलाई समस्या भएको छ ।
वैकल्पिक सडक नहुँदा पहिरोले सडक बगाएपछि उक्त क्षेत्रका नागरिकलाई खाद्यान्न ढुवानी तथा उक्त क्षेत्रमा उत्पादित आलु बजारसम्म निर्यात गर्नका लागि समस्या भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया