कर्णाली प्रदेश समन्वय परिषद्को बैठकमा यसअघिका निर्णयको पुनरावलोकन
कर्णाली । कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सरकारद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित परिषद्को पाँचौँ बैठकको प्रारम्भमा यसअघिका निर्णयको पुनरावलोकन गरिएको थियो ।
तत्पश्चात् विकास आयोजनाको कार्यान्वयनमा प्रदेश सरकार र स्थानीय तहको भूमिका, आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमाका विषयमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता केशवप्रसाद उपाध्यायले जानकारी दिए ।
यसैगरी कोभिड–१९ को रोकथाम तथा प्रतिकार्यको तयारी, समन्वय र सहकार्य, प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुँदै आएको विकास आयोजना, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा साझा अधिकारका विषयमा छलफल भएको प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार परिषद्को सम्पन्न बैठकबाट भएका निर्णय शुक्रबार सार्वजनिक गरिनेछ ।
बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, कर्णालीका १० जिल्लाका समन्वय प्रमुख, ७९ स्थानीय तहका प्रमुख÷उपप्रमुख अध्यक्ष-उपाध्यक्ष, प्रदेश सरकारका सचिवलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, २१:१२:००
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया