रूखले किच्यो डाक्टर बन्ने सपना
विशेष बर्खुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका–२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । बायोलोजी विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दीनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने उनको लक्ष्य थियो ।
तर अब उनको त्यो लक्ष्य कहिल्यै पूरा नहुने भएको छ । आइतबार रूख ढलेर एक्कासि गाडीमा बज्रिँदा उनको मृत्यु भयो । विशेषका हजुरबुवा पर्ने समाजसेवी रवीन्द्र खर्बुजाका अनुसार १२ कक्षा उत्तीर्ण भएपछि नाति एमबिबिएस पढ्ने तयारीमा थिए ।
‘डाक्टर बनेर आफ्नो परिवारलाई मात्र होइन, देशका दिनदुःखीको उपचार गरेर खुसी बनाउँछु भन्थे तर सबैलाई रुवाएर गए,’ खर्बुजाले भने । आजको नागरिक दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया