रूखले किच्यो डाक्टर बन्ने सपना
विशेष बर्खुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका–२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । बायोलोजी विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दीनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने उनको लक्ष्य थियो ।
तर अब उनको त्यो लक्ष्य कहिल्यै पूरा नहुने भएको छ । आइतबार रूख ढलेर एक्कासि गाडीमा बज्रिँदा उनको मृत्यु भयो । विशेषका हजुरबुवा पर्ने समाजसेवी रवीन्द्र खर्बुजाका अनुसार १२ कक्षा उत्तीर्ण भएपछि नाति एमबिबिएस पढ्ने तयारीमा थिए ।
‘डाक्टर बनेर आफ्नो परिवारलाई मात्र होइन, देशका दिनदुःखीको उपचार गरेर खुसी बनाउँछु भन्थे तर सबैलाई रुवाएर गए,’ खर्बुजाले भने । आजको नागरिक दैनिकमा खबर छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया