पहिरोले घर पुरिँदा धादिङकाे नीलकण्ठमा एकजनाको मृत्यु
काठमाडौं । अबिरल वर्षापछि गएकाे पहिरोले पुरिएर धादिङको निलकण्ठ नगरपालिकामा एक जनाको ज्यान गएको छ । पहिरोले बेसारे बेंसीघरका भरत रानाको घर पुरिँदा उनका बुहारी शर्मिला रानाको मृत्यु भएको वडा नं. ४ का वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।
पहिरोले पुरिएर वेपत्ता भएकी मृतक रानाको शव सुरक्षाकर्मीले निकालेका थिए । श्रेष्ठका अनुसार मृत्तकको पोष्टमार्टनका लागि जिल्ला अस्पताल धादिङ लगिएको छ । राति सुतिरहेको अवस्थामा घरमाथि डाँडाबाट पहिरो खस्दा घर रानाको घर पुरिएको उनले बताए ।
‘रानाका छोराहरू विदेश छन् । घरमा साशुसशुरा र बुहारी मात्र बस्थे’, उनले भने, ‘सासुससुरा गोठमा सुतेकाले केही भएन ।’
मृत्तक राना स्थानीय स्कुलमा पढाउने शिक्षिकासमेत रहेको श्रेष्ठले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया