एपिएफको लगातार दोस्रो जित, सुदूरपश्चिमलाई ६ विकेटले हरायो
काठमाडौं । ललितपुर मेयर महिला टि–ट्वान्टी क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपिएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । यसअघि एपिएफले पहिलो खेलमा प्रदेश नं १ लाई ६ विकेटले पराजित गरेको थियो ।
सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो । आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपिएफले १६ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।
एपिएफको जितमा रोमा थापाले अविजित रहँदै सर्वाधिक २३ रनको योगदान दिइन् । त्यसैगरी ममता चौधरी १४ रनमा अविजित रहिन् भने ज्योति पाण्डेले ११, इन्दु बर्माले १० तथा सरिता मगरले ९ बनाए ।
सुदूरपश्चिमका लागि इश्वरी विष्टले दुई तथा रितु कनोजियाले एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ तथा डोली भट्टले ११ रन जोडे ।
एपिएफका लागि सोनु खड्काले सर्वाधिक ३ विकेट हात पारिन् भने करुणा भण्डारी र सरिता मगरले समान दुई–दुई तथा राजमती ऐरीले १ विकेट हात पारिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया