कोरोनाको उदगम चीनको वुहानमा पुनः लकडाउन
चीनको वुहान सहरमा कोरोनाभाइरस संक्रमणका चारवटा नयाँ केस फेला परेपछि पुनः लकडाउन लगाइएको छ । कोरोना भाइरसको पहिलो केस वुहानमा नै दर्ता भएको थियो ।
वुहानको जियाङ्जिया क्षेत्रमा चार जनामा कोरोनाको संक्रमण भेटिएको थियो, जसमा कुनै पनि लक्षण देखिएको थिएन।
त्यसपछि उक्त क्षेत्रका मानिसहरूलाई तीन दिनसम्म घरभित्रै बस्न निर्देशन दिइएको छ । जियाङ्शियामा करिब १० लाख मानिस बस्छन्।
चीनले कोभिड भाइरससँग लड्न ‘शून्य कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउनजस्ता कदमहरू चालिएका छन्।
यसो गर्दा चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या धेरै देशको तुलनामा उल्लेखनीय रूपमा कम भएको छ।
‘शून्य कोभिड’ रणनीतिले बढ्दो विरोधको सामना गर्नु परेको छ । किनकि, यसका कारण मानिसहरू र व्यवसायहरूले प्रतिबन्धको सामना गरिरहेका छन्।
१२ लाख जनसंख्या भएको वुहान सहरमा नियमित रूपमा कोरोना परीक्षण गरिन्छ ।
दुई दिनअघि दुईवटा घटना बाहिर आएका थिए । त्यसपछि उनको सम्पर्कमा आएका व्यक्तिहरूको पनि अनुसन्धान गरी थप दुईवटा घटना पत्ता लागेको थियो ।
त्यसको केही समयपछि लकडाउनको आदेश जारी भयो ।
सन् २०२० को सुरुमा वुहानको चर्चा विश्वभर भएको थियो किनभने वैज्ञानिकहरूले यहाँ नयाँ कोरोना भाइरस पत्ता लगाएपछि वुहानमा कडा लकडाउन लगाइएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया