घुस लिएको अभियोगमा इञ्जिनियरविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनीयर नवन डाँगी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इञ्जिनीयर डाँगीले मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताब तयार पारी अन्तिम भुक्तानीका लागि फाइल पेश गर्दा घुस मागेको पाइएको छ ।
आयोगका अनुसार सुरुमा रु ५० हजार बराबरको घुस माग गरेको भन्ने विषयमा अनुसन्धान गर्दा उनले थप रु तीन लाख ५६ हजार ५०० बराबरको घुस लिएको खुलेको छ । आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया