मोटरसाइकल दुर्घटनामा घाइतेको मृत्यु

काठमाडाैं । महोत्तरीको बर्दिबास-सम्सी सडकखण्डमा गत साउन ४ गते दुई मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते दुवै चालकको मृत्यु भएको छ । घटना भएका दिन एउटा मोटरसाइकल चालकको मृत्यु भएको थियो भने अर्का मोटरसाइकल चालकको आज मृत्यु भएको छ ।
आज मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका-४ बस्ने श्याम यादवका छोरा २५ वर्षीय कृष्णा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । यसअघि घटना घटेकै दिन एउटा मोटरसाइकलका चालक जिल्लाको औरही नगरपालिका-२ बस्ने विनेश यादवका छोरा २४ वर्षीय विवेकको मृत्यु भएको थियो ।
प्रदेश २-०२-००१प. ८६७९ नं को मोटरसाइकलमा चढेर बर्दिबासबाट सम्सी जाँदै गरेका विवेकलाई विपरित दिशाबाट प्रदेश २–०२–००३प ७७३८ नम्बरको मोटरसाइकलमा चढेर आउँदै गरेका कृष्णाले गौशाला नगरपालिका-२ स्थित सडकमा आमनेसामुने ठक्कर दिएका थिए ।
सो ठक्करमा गम्भीर घाइते भएका विवेकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यता कृष्णालाई जिल्लामा आवश्यक उपचार गराइ थप उपचारका लागि काठमाडौंस्थित बीएण्ड बी अस्पतालमा लगिएको थियो । गम्भीर घाइते भएका कृष्णालाई ११ दिनसम्म सोही अस्पतालमा उपचार भइरहेकामा आज उनको उपचारकै क्रममा मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
-
रसुवा बाढीपछि गम्भीरतापूर्वक काम गर्न माओवादीद्वारा सरकारको ध्यानाकर्षण
प्रतिक्रिया