अमेरिकाको कक्षा ७ मा विष्णुमायाको जीवनी
काठमाडौं । अमेरिकाको मासचुसेट्स राज्यको सरकारी विद्यालयहरूको कक्षा ७ को पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको जीवनी समावेश गरिएको छ । ‘विश्वको इतिहास र भूगोल विषयको छुवाछूत र दिगो विकास लक्ष्य १०’ शीर्षकको १२ नम्बरको पाठमा अमेरिका निवासी डा. परियारबारे तयार पारिएको वृत्तचित्र अनटचेबलसमेत समावेश गरिएको छ ।
उक्त पाठमा नेपालमा व्याप्त जातीय विभेद र असमानताका विषय समेटिएको छ । उक्त वृत्तचित्र नेपालमा जातीय विभेद र यसले सिर्जना गरेको असमानतालाई सम्बोधन गर्न दलित अभियन्ता डा. परियारको संलग्नताको विषयमा समावेश छ । यस पाठमार्फत विद्यार्थीले कानून र शिक्षाजस्ता विधिहरूमार्फत असमानतालाई सम्बोधन गर्ने अन्य तरिकाहरू पनि अन्वेषण गर्ने र स्थानीय तथा विश्वव्यापी रूपमा असमानतालाई सम्बोधन गर्न आफूले खेल्न सक्ने भूमिकालाई विद्यार्थीले विचार गर्ने विश्वास गरिएको छ ।
नेपालमा जातीय व्यवस्था अन्त्य गर्न विष्णुमाया परियारको कार्यका उदाहरण पेस गरी सामाजिक उद्यमशीलतामार्फत दक्षिण एसियामा असमानतालाई कसरी सम्बोधन गरिएको छ भनी ब्याख्या गर्नु उक्त पाठको मुख्य उद्देश्य हो, अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया