NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ८ गते

आरक्षण सीट लागु नगर्ने यात्रुबाहक सार्वजनिक बसलाई कारबाही

काठमाडाैं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आरक्षण सीटमा अन्य यात्रु बोक्ने १९ वटा सार्वजनिक यात्रुबाहक बसलाई कारबाही गरेको छ ।

उपत्यकाको विभिन्न स्थानहरुमा गरेको विशेष अभियान अन्तर्गत सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले सार्वजनिक सवारीमा आरक्षण सीट लागु भएर नभएको अनुगमन गरेर कारबाही गरेका हुन् ।

यात्रुवाहक बस, उपत्यकामा चल्ने १४ वटा यात्रुवाहक बस र १ वटा माईक्रो बसलाई नियम बमोजिम कारवाही गरेको प्रहरीले जनाएको छ ।

उक्त चेकजाँच अभियानलाई निरन्तर संञ्चालन गरिने प्रवक्ता प्रहरीवरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष