रुसी घोषणा दुर्भाग्यपूर्ण, जि–सेभेनका नेताको बैठक राखेर थप कदम चाल्छौं : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले युक्रेनविरुद्ध घोषणा गरेको युद्धलाई दुर्भाग्यपूर्ण भनेका छन् । मानवीय क्षति र पीडा निम्त्याउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोजेको उनको आरोप छ ।
बाइडनले विश्वले यो कदममा रुसलाई जिम्मेवार ठहर्याउने बताए ।
‘राष्ट्रपति पुटिनले दुर्भाग्यपूर्ण ढंगले मानवीय क्षति र पीडा निम्त्याउने योजनाबद्ध युद्ध रोजेका छन्,’ बाइडनले भनेका छन्, ‘विश्वले यसमा रुसलाई जिम्मेवार ठहर्याउने छ ।’
बाइडनले ह्वाइट हाउसबाटै अवस्थाको निगरानी गरिराखेको उल्लेख गर्दै जि–सेभेन नेताहरूसँग भेटेर थप कदमबारे निर्णय गरिने बताए ।
‘यो हमलाका क्रममा हुने मानवीय तथा भौतिक क्षतिमा रुस एक्लै जिम्मेवार हुनेछ,’ बाइडनलाई कोट गर्दै बिबिसीले लेखेको छ, ‘यसविरुद्ध अमेरिका र उसका साझेदारहरूले एकीकृत र निर्णायक ढंगले जवाफ दिनेछन् ।’
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया