अदुवा खेतीतर्फ किसानको आकर्षण बढ्दै
नपलपुर । नवलपरासी (बर्दघाट)सुस्तापूर्व) का किसान अदुवा खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
यहाँ अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शंकर पौडेलले पछिल्लो समय अदुवा खेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताए । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको ८७० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा आठ हजार ९९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताए ।
त्यस्तै आव २०७७/७८ मा ९०० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा नौ हजार ८०० मेट्रिक टन उत्पादन भएको पौडेलको भनाइ छ । चालु आव २०७८/७९ मा जिल्लाको ९५० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकामा नौ हजार ९५० मेट्रिक टन अदुवा मात्रै उत्पादन भएको छ । अदुवा खेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताए ।
नवलपुरमा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १०.३७ मेट्रिक टनदेखि १०.८९ मेट्रिक टन मात्रै रहेको पौडेलको भनाइ छ । नवलपुरमा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौँ, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा बिक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर बिक्री गर्ने गरिएको जानकारी दिए ।
अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवा खेततर्फ आकर्षित भएका पौडेलले बताए । जिल्लाको पहाडी क्षेत्रमा अदुवा खेती राम्रो हुने गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया