‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा १० करोडभन्दा बढी भ्रष्टाचार
काठमाडौं । मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको पाइएको छ । यो कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रदेश सचिवसहित आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको पदुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, वरिष्ठ डिभिजनल इन्जिनियर भगवान झा, सह लेखापाल राजाराम मण्डल, जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो, भण्डार शाखाका खरिदार जित मोहनकुमार दासविरुद्ध भ्रष्ट्रचार मुद्दा दायर गरिएको अख्तियारले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै ओमसत्य साई प्रालि वीरगञ्जकी व्यवस्थापन निर्देशक रेनु अग्रवाल, बोलपत्र मूल्यांकन समितिका अध्यक्ष दिलीपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कर्णविरुद्ध पनि विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रदेश सचिव भुसालले गुणस्तरहीन लेडिज साइकलको आपूर्ति गर्दा सरकारलाई १० करोड ३३ लाख ७५८ रुपैयाँ हानी नोक्शानी पु¥याएको दाबी गरिएको छ ।
यस्तै, प्रदेश सचिव भुसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका वरिष्ठ डिभिजनल इन्जिनियर भला, सह लेखापाल मण्डल र साइकल आपूर्ति गर्ने कम्पनी ओम सत्य साई प्रालिकी व्यवस्थापन निर्देशक अग्रवालसँग १० करोड ३३ लाख ७५८ रुपैयाँ विगो माग दाबी गरिएको अख्तियारले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया