सर्वोच्चले चेक बाउन्ससम्बन्धी आफ्नै फैसला सच्यायो (आदेशको पूर्णपाठ)
काठमाडौं । सर्वोच्च अदालतले आफ्नै फैसला सच्याउँदै आइतबार चेक बाउन्स भएमा अब प्रहरीले पक्राउ गर्न सक्ने आदेश दियो ।
चेक बाउन्सको मुद्दा बैंकिङ कसुरअन्तर्गत नपर्ने भनी तीन वर्ष पहिले गरेको फैसलालाई सर्वोच्चकोे पूर्ण इजलासले सच्याएपछि अब चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने भएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीले तीन वर्ष अगाडि चेक बाउन्स सरकारवादी मुद्दा नहुने फैसला गरेको थियो ।
शाही र रेग्मीको संयुक्त इजलासले चेक बाउन्स हुनुलाई मात्रै बैंकिङ कसुर नमानिने, खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि चेक काटी भुक्तानी लिने–दिने कार्य सम्पन्न भएमात्रै बैंकिङ कसुर हुने फैसला गरेको थियो । बैंकिङ कसुरसम्बन्धी प्रचलित कानुनविपरीत हुने यस्तो फैसलालाई सर्वोच्च अदालतले तीन वर्षपछि सच्याएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्णइजलासले पुरानो फैसलामा परिवर्तन गरेको छ ।
हेरौं सर्वोच्चको आदेशको पूर्णपाठ :
सर्वोच्चले सच्यायो आफ्नो फैसला, अब चेक बाउन्स भए प्रहरीले पक्राउ गर्न सक्ने
प्रतिक्रिया