कांग्रेस दार्चुलाका पूर्वसभापति कांग्रेस (बिपी)मा

काठमाडौं । नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द कांग्रेस (बिपी)मा प्रवेश गरेका छन् । उनी वुधबार कांग्रेस (बिपी)मा प्रवेश गरेका हुन् ।
कांग्रेस (बिपी) जिल्ला कार्यसमितिको पार्टी कार्यालयमा आयोजित कार्यक्रमा वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले चन्दलाई पार्टी प्रवेश गराएका हुन् ।
चन्दा हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका छन् । २०२९ सालमा नेविसंघबाट राजीति सुरु गरेका उनी २०४७ सालमा दार्चुलामा कांग्रेसको संगठन विस्तार गरी जिल्ला सभापति बनेका थिए ।
तर, कांग्रेसको कार्यशैलीप्रति असहमत जनाउँदै चन्द पछिल्लो समयमा निष्कृय थिए । अहिले कांग्रेस (बिपी)मा लागेका हुन् ।
प्रतिक्रिया