को–को हुन् देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका १० नयाँ अनुहार ?
काठमाडौं । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० महिला केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।
यस अघि सांसद भएका, महिला संघ, तरुण दल र नेविसंघमा सक्रिय भएर काम गरेकालाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
देउवाले मनोनित गरेका केन्द्रीय सदयमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीता देवकोटा (नवलपुर) छन् ।
पार्टी विधानले दिएको मनोनितको व्यवस्था अनुसार देउवाले केन्द्रीय सदस्य थप गरेका गरेका हुन् ।
देउवाले यस अघि १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसकेका छन् ।
सभापतिलाई समावेशी सिद्धान्त अनुसार सबै क्लस्टरमा मिलाएर मनोनित गर्ने व्यवस्था विधानले दिएको छ । देउवाले ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउँछन् ।
१६९ सदस्यीय कांग्रेसको केन्द्रीय कार्यसमितिमा एक तिहाइ सदस्य महिला हुनुपर्नेछ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया