रुसमा ६० घर जलेर ध्वस्त
काठमाडौं (एजेन्सी) । रुसमा कम्तीमा ६० घर जलेर नष्ट भएका छन् । जङ्गलमा आगलागी हुँदा ती घरहरूमा पनि आगलागी भएर जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।
देशको दक्षिण क्षेत्रमा पर्ने रोस्तोभ भन्ने ठाउँमा मङ्गलबार आगलागी भएर क्षति भएको जनाइएको छ ।
मान्छे बस्दै आएको घरहरू जले पनि कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाइ छ ।
देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो । घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।
आगलागी तीन गाउँ प्रभावित भएको आपतकालीन व्यवस्था मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।
आगलागीका कारण कैयौँ व्यक्ति विस्थापित पनि भएका छन् । उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ । अत्यावश्यक सेवा तथा सामग्री उनीहरूलाई उपलब्ध गराउने कार्य भइरहेको पनि अधिकारीहरूले बताएका छन् ।
आगलागी नियन्त्रणका लागि दुई अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर, ३०० भन्दा बढी अग्नि नियन्त्रकहरु लगायत परिचालन गरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया