सिट बाँडफाँटबारे छलफल गर्न सत्तागठबन्धन शीर्ष नेताको बैठक बस्दै
काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न सत्तागठबन्धनका शीर्ष नेताहरू आज छलफलमा बस्ने भएका छन् ।
आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँट गर्न गठित कार्यदलले मापदण्ड तय गर्न नसकिरहेका बेला शीर्ष नेता छलफलमा जुट्न लागेका हुन् । गत साउन २० गते बसेको सत्तागठबन्धनका नेताहरूको बैठकले निर्वाचनमा सिट बाँडफाँटबारे सहमति गरेर शीर्ष नेतासमक्ष सिफारिस गर्न ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको पहिलो बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिए पनि यसले ठोस निचोड निकाल्न सकेको छैन ।
अहिले बिहान बिहान १० बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटका विषयमा छलफल गर्नेछ ।
कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएका प्रगतिबारे शीर्ष नेतालाई ब्रिफिङ गरेपछि बाँकी विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया