पदाधिकारी आजै टुंग्याउने प्रचण्डको प्रयास, बैठक अपरान्ह सारियो
काठमाडौं । बिहीबार बिहान बोलाइएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।
स्थायी समितिलाई अन्तिम रूप दिनका लागि बिहान ८ बजे बैठक बोलाइएको थियो । तर सत्ता गठबन्धनको बैठक बिहान १० बजे बस्ने भएकाले अपरान्ह ४ बजेसम्मका लागि बैठक स्थगित भएको नेता लिलामणि पोखरेलले जानकारी दिए ।
बुधबार बसेको बैठकले ४१ जना सदस्य स्थायी समिति सदस्य, १२५ जना पोलिटब्युरो सदस्य, २६ जना वैकल्पिक पोलिटब्युरो सदस्य र ३४१ जना केन्द्रीय समिति सदस्य रहने टुंगो लगाएको थियो । ४५ सदस्य स्थायी समितिमा ४ जना नाम टुंगो लाग्न बाँकी रहेको छ ।
आजको बैठकले पदाधिकारीलाई टुंग्याउने विषयमा छलफल हुने पोखरेलले जानकारी दिए ।
‘पदाधिकारी पनि आजैको बैठकले टुंगो लागाउने विषया छलफल केन्द्रीत रहने छ’, उनले भन, ‘सांगठनिक विषय टुंगो लागेपछि चुनावी एजेण्डा, सिट बाँडफाँटको विषयमा बैठक प्रवेश हुनेछ ।’
समिति गठनमा अनन्तुष्टिका कारण बैठक नरोकिएको पोखरेलले बताएका छन् ।
त्यस्तै महासचिवमा अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र पूर्वअर्थमन्त्री वर्षमान पुनबीच हानाथाप हुँदा महाधिवेशन भएको ८ महिना वितिसक्दासमेत पदाधिकारी टुंगो लाग्न सकेको छैन । महासचिवमा शर्मा र पुनबीच सहमति नभए महासचिव पद खालि पदाधिकारी टुंग्याउने वा देव गुरुङलाई विकल्पमा प्रचण्ड पुगेका छन् । माओवादीको विधान अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष एक जना रहनेछन् ।
यी हुन् स्थायी समिति सदस्यरू
स्थायी समितिमा पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णवहादुर महरा, देव गुरुङ, बर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, गणेश शाह, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, मात्रिका यादव, लिलामणि पोखरेल रहेका छन् ।
त्यस्तै हितमान शाक्य, हितराज पाण्डे, राम कार्की, कालीवहादुर मल्ल, खगराज भटट, जयपुरी घर्ती, ओनसरी घर्ती, शसी श्रेष्ठ, पूर्णकुमारी सुवेदी, अन्जना विसंखे, यशोदा सुवेदी गुरुङ, अमृता थापा, कमला रोक्का, रेखा शर्मा, उर्मिला अर्याल रहेका छन् ।
यसैगरी श्रीराम ढकाल, हकिकुल्ला खाँ, महेश्वर गहतराज, नारायण दाहाल, विश्वनाथ साह, सत्या पहाडी, दिनानाथ शर्मा, डिलाराम आचार्य, कल्पना धमला, वामदेव क्षेत्री, कुलप्रसाद केसी रहेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया