१ वर्षमा २३७ अर्ब ६१ करोड धितोपत्र नेप्सेमा सूचीकृत
काठमाडाैं । आर्थिक वर्ष २०७८/७९ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल कुल २३७ अर्ब ६१ करोड रूपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा ८९ अर्ब ५० करोड बराबरको विकास ऋणपत्र, ५५ अर्ब ८९ करोड बराबरको बोनस सेयर, ५३ अर्ब २२ करोड बराबरको डिबेन्चर, २३ अर्ब २८ करोड बराबरको साधारण सयर, ११ अर्ब ९७ करोड बराबरको हकप्रद सेयर र ३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी सो रूपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका हुन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १२ अर्ब ४८ करोड बराबरको डिबेन्चर, ७ अर्ब २० करोड बराबरको साधारण सेयर, ६ अर्ब ९० करोड बराबरको म्युचुअल फण्ड र ४ अर्ब ७९ करोड बराबरको हकप्रद सेयर गरी कुल ३१ अर्ब ३७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
२०७९ असार मसान्तमा सूचीकृत कम्पनीहरूको संख्या २३४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५१ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१९ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६७.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ११ प्रतिशत, लगानी कम्पनीको ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत रहेको छ ।
२०७९ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण २८६९ अर्ब ३४ करोड कायम भएको छ । २०७८ असार मसान्तमा बजार पुँजीकरण ४०१० अर्ब ९६ करोड रहेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया