युद्धको प्रभाव फुटबलमा पनि, यी तीन देशले गरे रुसमा खेल्न अस्वीकार
काठमाडौं । रुसको छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको छ । त्यसको प्रभाव फुटबलमा समेत परेको छ ।
यसैबीच, स्विडेन, चेक रिपब्लिक र पोल्याण्डले आगामी मार्चमा रुसमा हुने तय भएका विश्वकप छनोटको प्ले अफअन्तर्गतका खेल खेल्न अस्वीकार गरेका छन् ।
रुसको राजधानीमा मस्कोमा ती खेल हुने तय थियो । प्ले अफको पहिलो सेमिफाइनलमा मार्च २४ मा रुसले पोल्याण्डको सामना गर्ने तय थियो ।
यस्तै रुसले समिफाइनल जितेमा स्विेडन वा चेक रिपब्लिकविरुछ फाइनल खेल खेल्ने तय भएको थियो ।
तीन देशले यी खेल रुसमा खेल्न बहिस्कार गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया