पदाधिकारीमा सहमति नजुट्दा माओवादीको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगियो
काठमाडौं । पदाधिकारी टुंगो लगाउन बसेकाे माओवादी केन्द्रको स्थायी समिति बैठक विनानिष्कर्ष टुंगिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान बसेको बैठकले पदाधिकारीको विषय टुंग्यान सकेन । बैठक शनिबारसम्मका लागि स्थगित गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने कर्यतालिका रहेको थियो । माओवादीमा महासचिव छनोट सबैभन्दा पोचिलो बनेको छ ।
महासचिवमा जनार्दन शर्मा र वर्षमानबीच सहमति नजुट्दा प्रचण्डले विकल्पमा देव गुरुङको नाम अघि सारेका थिए । वरिष्ठ उपाध्यक्ष र तेस्रो तहको उपाध्यक्षमा प्रचण्डले यसअघि नै नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन भइसकेका छन् ।
उपमहासचिवमा पुन र शर्मालाई प्रस्ताव गर्ने र उपाध्यक्षमा गिरिराजमणि पोखरेलको सम्भावना बढेको छ । त्यस्तै अन्य चार उपाध्यक्षमा हरिबोल गजुरेल, गणेश साह, पम्फा भुसाल र दीनानाथ शर्माको सम्भावना रहेको छ । तीन सचिवमा देवेन्द्र पौडेल, चक्रपाणि खनाल र शक्ति बस्नेतकाे सम्भावना रहेकाे छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया