विज्ञापन खुलाउने तयारीमा जुट्यो लोकसेवा आयोग

काठमाडौं । सर्वोच्च अदालतले समायोजनसम्बन्धी रिटमा फैसला सुनाएसँगै लोकसेवा आयोग नयाँ विज्ञापन खुलाउने तयारीमा जुटेको छ ।
आयोगले अबको कम्तीमा १५ दिनमा विज्ञापन खुलाउने काम सुरु हुने जानकारी दिएको छ ।
मंगलबार अदालतको फैसलासँगै यसअघिका अन्तरिम आदेशअनुसार स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका लिखित परीक्षा रोकिएका थिए । योसँगै परीक्षाको नतिजा प्रकाशन र पदपूर्तिका काम पनि ठप्प थियो । सर्वोच्चको आदेशसँगै अब यी कामहरू पुनः अघि बढाउने बाटो खुलेको हो ।
समायोजन भएर प्रदेश र स्थानीय तह पुगेका कर्मचारीहरूले पनि संघमै आउन पाउनुप¥यो भन्दै रिट दायर गरेका थिए । विभिन्न प्रकृतिका ९८ रिटमध्ये सर्वोच्चले केहीमा फैसला गरेको छ भने केहीलाई खारेज गरेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया