विज्ञापन खुलाउने तयारीमा जुट्यो लोकसेवा आयोग
काठमाडौं । सर्वोच्च अदालतले समायोजनसम्बन्धी रिटमा फैसला सुनाएसँगै लोकसेवा आयोग नयाँ विज्ञापन खुलाउने तयारीमा जुटेको छ ।
आयोगले अबको कम्तीमा १५ दिनमा विज्ञापन खुलाउने काम सुरु हुने जानकारी दिएको छ ।
मंगलबार अदालतको फैसलासँगै यसअघिका अन्तरिम आदेशअनुसार स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका लिखित परीक्षा रोकिएका थिए । योसँगै परीक्षाको नतिजा प्रकाशन र पदपूर्तिका काम पनि ठप्प थियो । सर्वोच्चको आदेशसँगै अब यी कामहरू पुनः अघि बढाउने बाटो खुलेको हो ।
समायोजन भएर प्रदेश र स्थानीय तह पुगेका कर्मचारीहरूले पनि संघमै आउन पाउनुप¥यो भन्दै रिट दायर गरेका थिए । विभिन्न प्रकृतिका ९८ रिटमध्ये सर्वोच्चले केहीमा फैसला गरेको छ भने केहीलाई खारेज गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया