फाइजर खोप पाँच वर्षमुनिका बालबालिकालाई कति प्रभावकारी ?
काठमाडौं । कोरोना भाइरसविरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको छ ।
फाइजर आफैले गरेको अध्ययनबाट छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई फाइजर खोप ७३ प्रतिशत प्रभावकारी रहेको देखाइएको हो ।
यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको संक्रमण हुनबाट बचाएको दाबी गरिएको छ ।
अमेरिकी खाद्य तथा औषधी प्रशासनले आपतकालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो ।
अध्ययनले खोप प्रभावकारी देखिएपछि बालबालिकाहरूलाई फाइजर खोप लगाउन प्रेरित गर्न पनि उनीहरूले सुझाव दिएका छन् ।
विश्वका धेरै देशमा फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई पनि लगाइदै आएको छ । यस अध्ययनले खोपलाई निरन्तरता दिदै विस्तार गर्न थप उत्प्रेरित गर्ने भएको छ ।
स्वास्थ्य अधिकारीहरूले आपतकालीन अवस्थामा मात्रै पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई खोप लगाउन सुझाव दिने गरेपनि अव भने यो खोप सबैलाई नियमित रुपमा लगाउन फाइदाजनक नै हुने देखाइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया