नाइजेरियामा आतंकवादविरुद्धको कारबाहीमा ५७ जना मारिए

काठमाडाैं । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भएको आतंकवादविरुद्धको कारबाहीमा परी कम्तीमा पनि ५७ जना अतिवादी हतियारधारी मारिएका छन् । गएको दुई हप्तायता सो क्षेत्रमा त्यहाँको सेनाले जारी राखेको कारबाहीका क्रममा ती हतियारधारी मारिएका समाचारमा जनाइएको छ ।
नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नो र योबेमा सो कारबाही गरिएको थियो । त्यहाँको सेनाले यी दुई प्रान्तमा हवाई तथा स्थलगत कारबाही गरेको थियो ।
उक्त कारबाही यही अगष्ट २५ सम्म गरिएको र त्यस क्रममा बोको हरामका ५७ जना लडाका मारिएका हुन् । उनीहरुले बोर्नो र युबे प्रान्तमा हिंसा गराएकाले नाइजेरियाली सेनाले उक्त कारबाहीको प्रक्रिया थालेको थियो ।
त्यस कारबाहीका क्रममा त्यहाँका एक हजार छ सयभन्दा बढी बोको हरामका व्यक्तिले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण पनि गरेका थिए । उनीहरुले हातहतियारसहित आत्मसमर्पण गरेका बताइएको छ । नाइजेरियाको बोर्नो प्रान्तमा बोको हरामका लडाकाहरुको प्रभाव रहेको मानिन्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया