९ सेकेण्डमै ध्वस्त भयो मापदण्डविपरित बनाइएको नोएडाको ट्विन टावर
एजेन्सी । मापदण्ड मिचेर अवैध रूपमा बनाइएको भारतको नयाँ दिल्ली नजिकै नोएडास्थित ट्विन टावर भत्काइएको छ । आज करिब ३७०० किलोग्राम बारूदको प्रयोगमा उक्त ट्विन टावरलाई ध्वस्त पारिएको हो । उक्त भवन ९ सेकेण्डमै ध्वस्त भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मापदण्ड मिचेर बनाइएका कारण गत वर्ष भारतको सर्वोच्च अदालतले उक्त भवन भत्काउन आदेश दिएको थियो ।
एपेक्स र केएन नामक टावरलाई सुपटेक बिल्डरले बनाएका थिए । ३२० फिट भन्दा बढी उचार्इंको यो भवनलाइ ट्विन टावर नाम दिइएको थियो ।
भारतमा यसरी हालसम्म भत्काइएकोमध्ये यो सबैभन्दा ठूलो बहुमंजिला भवन हो ।
यसका लागि भवन आसपास रहेका अपार्टमेन्टमा बसोबास गरिरहेका मानिसहरूलाई बाहिर निकालिएको थियो भने नजिकैको राजमर्ग पनि बन्द गरिएको थियो ।
ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया