९ सेकेण्डमै ध्वस्त भयो मापदण्डविपरित बनाइएको नोएडाको ट्विन टावर
एजेन्सी । मापदण्ड मिचेर अवैध रूपमा बनाइएको भारतको नयाँ दिल्ली नजिकै नोएडास्थित ट्विन टावर भत्काइएको छ । आज करिब ३७०० किलोग्राम बारूदको प्रयोगमा उक्त ट्विन टावरलाई ध्वस्त पारिएको हो । उक्त भवन ९ सेकेण्डमै ध्वस्त भएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मापदण्ड मिचेर बनाइएका कारण गत वर्ष भारतको सर्वोच्च अदालतले उक्त भवन भत्काउन आदेश दिएको थियो ।
एपेक्स र केएन नामक टावरलाई सुपटेक बिल्डरले बनाएका थिए । ३२० फिट भन्दा बढी उचार्इंको यो भवनलाइ ट्विन टावर नाम दिइएको थियो ।
भारतमा यसरी हालसम्म भत्काइएकोमध्ये यो सबैभन्दा ठूलो बहुमंजिला भवन हो ।
यसका लागि भवन आसपास रहेका अपार्टमेन्टमा बसोबास गरिरहेका मानिसहरूलाई बाहिर निकालिएको थियो भने नजिकैको राजमर्ग पनि बन्द गरिएको थियो ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया