यस्तो देखियो नोएडाको ध्वस्त ट्विन टावरकाे भग्नावशेष (तस्बिरसहित)
काठमाडौं (एजेन्सी) । उत्तर प्रदेशको नोएडामा अवैध रूपमा बनेको सुपरटेकको ट्वीन टावर आइतबार दिउँसो भत्काइएको छ ।
सेक्टर ९३ ‘ए’ मा बनेको भवन भत्काइएपछि त्यहाँको हजारौं टन फोहोर हटाइने भएको छ । दुई टावरको गरी करिब ८० हजार टन फोहोर जम्मा भएको अनुमान गरिएको छ ।
यसैबीच राति अबेरसम्म आसपासका क्षेत्रमा बसोबास गर्ने करिब एक सय परिवार घर फर्किएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार भवन भत्काउनुअघि एमराल्ड कोर्ट र एटीएस भिलेज सोसाइटीका ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

नियमविपरीत भवन निर्माण गरिउको सर्वोच्च अदालतको आदेशपछि आइतबार ती दुई भवन १२ सेकेण्डमा भत्काइएको थियो । जसका लागि ३ हजार ७ सय केजी विष्फोटक पदार्थ खर्च भयो ।
भत्किएको भवनको भग्नावशेष वर ५०० मिटर क्षेत्रदेखि नै कसैलाई जान दिइएको छैन। भवन भत्काइएको समयमा भने ७ जना १०० मिटर भित्र थिए ।

ताजा अपडेट
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने


प्रतिक्रिया