यस्तो देखियो नोएडाको ध्वस्त ट्विन टावरकाे भग्नावशेष (तस्बिरसहित)
काठमाडौं (एजेन्सी) । उत्तर प्रदेशको नोएडामा अवैध रूपमा बनेको सुपरटेकको ट्वीन टावर आइतबार दिउँसो भत्काइएको छ ।
सेक्टर ९३ ‘ए’ मा बनेको भवन भत्काइएपछि त्यहाँको हजारौं टन फोहोर हटाइने भएको छ । दुई टावरको गरी करिब ८० हजार टन फोहोर जम्मा भएको अनुमान गरिएको छ ।
यसैबीच राति अबेरसम्म आसपासका क्षेत्रमा बसोबास गर्ने करिब एक सय परिवार घर फर्किएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार भवन भत्काउनुअघि एमराल्ड कोर्ट र एटीएस भिलेज सोसाइटीका ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

नियमविपरीत भवन निर्माण गरिउको सर्वोच्च अदालतको आदेशपछि आइतबार ती दुई भवन १२ सेकेण्डमा भत्काइएको थियो । जसका लागि ३ हजार ७ सय केजी विष्फोटक पदार्थ खर्च भयो ।
भत्किएको भवनको भग्नावशेष वर ५०० मिटर क्षेत्रदेखि नै कसैलाई जान दिइएको छैन। भवन भत्काइएको समयमा भने ७ जना १०० मिटर भित्र थिए ।

ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया