यसकारण फेर्यो मेसीको टोली अर्जेन्टिनाले विश्वकपमा लगाउने अवे जर्सीको रङ !
काठमाडौं । कतारमा २२ औँ संस्करणको विश्वकप फुटबल आउन दुई महिनाभन्दा कम समय बाँकी रहँदा विभिन्न देशले जर्सी सार्वजनिक गर्ने क्रम जारी छ ।

यसैबीच, लियोनल मेसी नेतृत्वको अर्जेन्टिनी टोलीको अवे जर्सी पनि सार्वजनिक भएको छ । गत महिना नै होम जर्सी सार्वजनिक भएकोमा अर्जेन्टिनी फुटबल संघले हालैमात्र अवे जर्सी पनि सार्वजनिक गरेको हो ।

परम्पारगत रुपमा अर्जेन्टिनाको अवे जर्सी निलो वा गाढा निलो हुने गथ्र्यो । यी रङका जर्सी अभागी साबित भएको भन्दै गत संस्करणको विश्वकपमा भने अर्जेन्टिनाले कालो रङको अवे जर्सी बनाएको थियो । तर, त्यो जर्सी लगाएर आइसल्याण्डविरुद्ध पेनाल्टी हानेका मेसी गोल गर्न असफल भए । अहिले सो जर्सी पनि परिवर्तन गरेर अर्जेन्टिनाले बैजनी रङको बुट्टे जर्सी सार्वजनिक गरेको छ ।

यही जर्सी लगाएर मेसी र उनका साथीहरू कम्तीमा एउटा खेल खेल्ने सम्भावना छ । किनकि, समूह चरणका दुईवटा खेलमा सिडेड टोली भएकाले अर्जेन्टिनाले होम जर्सी रोज्न पाउने छ । त्यसपछि समूह विजेता भको खण्डमा पनि अर्जेन्टिनाले अन्तिम १६ मा होम जर्सी रोज्न पाउने छ ।
क्वार्टरफाइनलपछिका खेलमा भने जुन टोलीको नाम पहिले लेखिएको उसैले जर्सी रोज्न पाउने छ ।
अर्जेन्टिनाको होम जर्सी भने सदा झै आकाशे निलो र सेतो धर्के छ । तर केही परिमार्जनसहितको ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया