रियललाई १२ औं स्पेनिस सुपरकप उपाधि, कसले जितेको छ १३ औं पटक ?
काठमाडौं । रियल म्याड्रिय साविक विजेता एट्लेटिको बिल्वाओलाई पराजित गर्दै स्पेनिस सुपरकप च्याम्पियन बनेको छ । १० खेलाडीमा समेटिएको रियलले बिलबाओलाई २–० ले पराजित गर्दै एक वर्षपछि च्याम्पियन बन्न सफल भएको हो ।
साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा हालै भएको खेलमा रियल च्याम्पियन बनाउन लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो ।
३८औं मिनेटमा भेट्रान मिडफिल्डर मोड्रिचले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगोले दिएको पासलाई सदुपयोग गरेका हुन् ।
५२औं मिनेटमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । बेन्जेमाकै प्रहारलाई पेनाल्टी बक्समा बिल्बाओका खेलाडीको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिँदै रियललाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बेन्जेमा चुकेनन् ।
८७औं मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो । इडर मिलिसाओ ह्यान्ड गर्न पुगेपछि रेफ्रीले उनलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएका थिए । त्यसमै प्राप्त पेनाल्टीमा राहुल गार्सियाको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले बचाएका थिए । थप समयमा गोल कुनै गोल नहुँदा रियल च्याम्पियन बनेको हो ।
यससँगै रियलले १२ औंपटक सुपरकपको उपाधि जितेको छ । रियलभन्दा धेरै बार्सिलोनाले मात्र जितेको छ । बार्सिलोनाले १३ पटक यो उपाधि जितेको छ ।
बिल्बाओले भने तीनपटक मात्रै उपाधिमाथि कब्जा जमाएको छ ।
रियलले बुधबार राति भएको पहिलो सेमिफाइनलमा बार्सिलोनालाई ३–२ ले पराजित गर्दै सुपरकपको फाइनलमा प्रवेश गरेको थियो ।
यता बिल्बाओले भने सेमिफाइनलमा ला–लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
केही वर्षयता स्पेनिस सुपर कप स्पेनबाहिर भइरहेको छ । यो वर्ष साउदी अरेबियामा भएको हो ।
स्पेनिस सुपर कपमा चार टोली थिए । जसमा ला–लिगा विजेता र उपविजेता एट्लेटिको र रियल तथा कोपा डेल रे विजेता र उपविजेता बार्सिलोना र बिल्बाओ थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया