रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर पाँच लाख घुससहित पक्राउ
काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिकाको प्रमुख (मेयर) धर्मेन्द्रकुमार पटेलसहित चारजना घुससहित पक्राउ गरेका छन् ।
मेयर पटेलसहित चारजनालाई काठमाडौंबाट आज गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मेयर यादवसहित उनका सहयोगी अशोकप्रसाद पटेल, योजना शाखा प्रमुख खरिदार मुकेश पटेल र सह–लेखापाल प्रदीपकुमार यादव छन् ।
नगरपालिको वडा नं. १ को वडा कार्यालय निर्माणका क्रममा मेयर पटेलले अन्तिम बिल भुक्तानीका लागि पाँच लाख मागेको अख्तियारले जनाएको छ ।
सोहीबापतको रकम दुई लाख ५० हजार नगद र त्यही नै रकमको चेकसहित मेयरसहित चार जनालाई कार्यकक्षबाटै पक्राउ गरिएको हो ।


ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया