पूर्वविद्यार्थी नेता देवकोटा रसुवाबाट प्रतिनिधिसभाका लागि सिफारिस
रसुवा । आसन्न मङ्सिर ४ को निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दीपक देवकोटाको नाम सिफारिस भएको छ । माओवादी केन्द्र रसुवाले संघ र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्दा पूर्वविद्यार्थी नेता देवकोटालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको हो ।
कालिकास्थानमा बसेको जिल्ला कमिटी रसुवाको बैठकले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको नाम सिफारिस टुङ्ग्याएको हो ।
एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश रहेको जिल्लामा प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा इन्द्र गोतामे (जगतजंग)सहित पूर्वविद्यार्थी नेता देवकोटा र फुर्पू तेन्जिन तामाङको नाम सिफारिस भएको छ ।
यसैगरी, प्रतिनिधिसभा सदस्य समानुपातिक तर्फ तेन्जिन तामाङ, नानीमैयाँ न्यौपाने मगर र अमिर गुरुङको नाम सिफारिस गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया