६४० नयाँ व्यवसायिक प्रतिष्ठानलाई नापतौल इजाजतपत्र
काठमाडाैं । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८/७९ मा ६४० नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजाजतपत्र प्रदान गरेको छ ।
कार्यालयका अनुसार गत आवको साउनदेखि असार मसान्तसम्ममा कोशी र सगरमाथा कार्यालयअन्तर्गत व्यवसायिक फर्मलाई सो इजाजतपत्र वितरण गरिएको हो ।कार्यालय प्रमुख मनोजकुमार पोख्रेलद्वारा उपलब्ध विवरणमा कोशी र सगरमाथाअन्तर्गत तीन हजार तीन सय १९ व्यवसायिक तथा औद्योगिक प्रष्ठिान सो कार्यालयबाट हालसम्म नापतौलसम्बन्धी इजाजतपत्र लिइ सञ्चालनमा रहेका छन् ।
सोअवधिमा कार्यालबाट सात सय ३९ थान पम्पको नोजल जाँच गरेको र दुई सय ३९ ट्यांकरको क्यालिव्रेशन जाँच गरेको बताइएको छ । उपरोक्त कारोबारबाट सो अवधिमा रु एक करोड २० लाख ४६ हजार आठ सय ८१ राजश्व सङ्कलन गरेको छ भने कार्यालयबाट एकल अनुगमन २२ पटक तथा संयुक्त अनुगमन २१ पटक भएको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया