सेवाग्राहीसँग ३० हजार घुस माग्ने कम्प्युटर अधिकृत अख्तियारको फन्दामा

काठमाडौं । कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीबाट घुस माग्ने कम्पुटर अधिकृत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परेकी छिन् ।
महाराजगञ्जस्थित आन्तरिक राजस्व कार्यालयकी कम्पुटर अधिकृत विन्दू श्रेष्ठ प्रधानलाई ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
उनले सेवाग्राहीसँग घुस माग गरेकोबारे परेको उजुरीमा अनुसन्धान गर्दा घुस लिइसकेको अवस्थामा फेला पारिएको हो ।
प्रधानलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१)को कसुर अनुसार उक्त रकम मागदावी र कैद सजायको माग गर्दै मुद्दा दायर भएको छ ।
उनीविरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया