सेवाग्राहीसँग ३० हजार घुस माग्ने कम्प्युटर अधिकृत अख्तियारको फन्दामा
काठमाडौं । कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीबाट घुस माग्ने कम्पुटर अधिकृत अख्तियार दुरूपयोग अनुसन्धान आयोगको फन्दामा परेकी छिन् ।
महाराजगञ्जस्थित आन्तरिक राजस्व कार्यालयकी कम्पुटर अधिकृत विन्दू श्रेष्ठ प्रधानलाई ३० हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।
उनले सेवाग्राहीसँग घुस माग गरेकोबारे परेको उजुरीमा अनुसन्धान गर्दा घुस लिइसकेको अवस्थामा फेला पारिएको हो ।
प्रधानलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा(१)को कसुर अनुसार उक्त रकम मागदावी र कैद सजायको माग गर्दै मुद्दा दायर भएको छ ।
उनीविरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया