विदेशमा रहेका नेता प्रभावित पार्न रुसले करोडौं खर्चेको छ : अमेरिका
काठमाडौं । अमेरिकाले रुसले २४ भन्दा बढी देशका नेताहरूलाई प्रभाव पार्न सन् २०१४ देखि गोप्य रूपमा ३० करोड डलर खर्च गरेको आरोप लगाएको छ ।
अमेरिकी विदेश विभागको यो आरोप अमेरिकी गुप्तचर विभागहरूले मंगलबार जारी गरेको मूल्याङ्कनमा आधारित छ।
अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले भने, ‘यसबारे हामीले प्राप्त गरेको यो निकै कम जानकारी हो ।’
यद्यपि, यो जानकारीमा त्यस्ता देश र तिनका नेताको नाम भने समावेश छैन ।
अधिकारीले अमेरिकी गुप्तचर निकायले चुनिएका देशहरूलाई यसबारे गोप्य सूचना दिइरहेको बताए। यद्यपि, यो जानकारी गोप्य रहनेछ।
समाचार संस्था एएफपीका अनुसार यस विषयमा जानकारी राख्ने प्रशासनसँग सम्बन्धित सुत्रले अल्बानियामा सन् २०१७ मा सम्पन्न निर्वाचनमा सेन्टर राइट डेमोक्रोटिक पार्टीलाई ५ लाख डलर सहयोग गरेको आरोप लगाएको छ । त्यसैगरी, बोस्निा, मन्टेनेग्रो र मेडागास्करका पार्टी र उम्मेदवारलाई पनि रुसले आर्थिक सहयोग गरेको दाबी उसको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया