सिमकोटमा विद्युत् सेवा बन्द
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्रमा एक हप्तासम्मका लागि विद्युत् सेवा बन्द भएको छ । फर्बे ट्याङ्कीबाट मुहानसम्मको नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम वितरण केन्द्रले एक हप्ताका लागि सिमकोटको विद्युत् सेवा बन्द गरेको हो ।
वितरण केन्द्रका अनुुसार नहर मर्मत गर्नुपर्ने भएपछि हिल्दुुम विद्युत् वितरण केन्द्रद्वारा आपूर्ति गर्दै आएको विद्युत् सेवा बुधबार दिउँसोदेखि बन्द गरिएको छ । फर्बे ट्याङ्कीदेखि मुहानसम्मको नहर चुहिने समस्या आएपछि त्यसलाई मर्मत गर्न थालिएकाले विद्युत् आपूर्ति बन्द गरिएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख साजन ऐडीले बताउनुभयो । निर्माण कम्पनी पक्षलाई एक हप्ताभित्र सम्पन्न गर्न केन्द्रले निर्देशन दिइएको छ । यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका दुुई हजारभन्दा बढी ग्राहक प्रत्यक्ष मर्कामा परेका छन् ।
बुधबारदेखि सदरमुकाम सिमकोटका सरकारी तथा गैरसरकारी कार्यालयको काम र व्यवसायसमेत बन्द भएका छन् । यस्तै हुम्ला जिल्ला अस्पतालमा विद्युत् सेवा नहुँदा एक्सरे, भिडियो एक्सरे सेवा पनि ठप्प भएको छ । वितरण केन्द्रका सेवाग्राहीले हप्ता दिनसम्म अन्धकारमा बस्दै आउनुपर्ने भएको छ । प्रत्येक वर्ष दशैँको मुखमा वितरण केन्द्रले मर्मतका लागि भन्दै विद्युत् सेवा बन्द गर्दै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया