अनसनरत डा. केसीको अवस्था जटिल

काठमाडौं । धनगढीस्थित एलएन चौकमा रहेको लक्ष्मी नारायण मन्दिरको धर्मशालाबाट २०औँ सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ।
उनमा रिंगटा लाग्ने तथा थकान लाग्ने, स्वास फेर्न गार्हो हुने जस्ता समस्या देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालले आज एक सूचना जारी गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो ।
ब्लड प्रेसरसँगै ताैल पनि घटदै गएकाे अस्पतालले जनाएकाे छ । उनको शरीरमा पोषण तत्व र पानी मात्रा कम भएको कारण समस्या देखिएको हाे ।
केसीलाई स्वास्थ्यमा समस्या देखिन थालेपछि बुधबार सेती प्रादेशिक अस्पतालको वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि उनले औषधि लिन भने मानेका छैनन् ।
सरकारले आफूसँग गरेका सहमती कार्यान्वयन नगरेको भन्दै ७ बुँदे मागसहित केसी सोमबारदेखि धनगढीमा अनसन बसेका छन् ।
ताजा अपडेट
-
नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
-
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
प्रतिक्रिया