डा. केसीको अवस्था जटिल बन्दै गएपछि विशिष्टकृत अस्पताल लैजान सुझाव

काठमाडौं । धनगढीमा २०औं सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालले आज सूचनामार्फत केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो । उक्त सूचनामा उनको पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको आशंका गरिएको उल्लेख गरिएको छ । उनमा रिंगटा लाग्ने तथा थकान लाग्ने, स्वास फेर्न गार्हो, पेट दुख्ने, शरीरका मांसपेशी सुक्ने जस्ता जस्ता समस्या देखिएको छ ।
अस्पतालले मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको हुँदा उनको ज्यान जोखिमा भएकाले अन्य जोखिम हुन सक्ने भन्दै उपचारको लागि बहुबिशेषज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणको लागि सुझावसमेत दिएको छ। सरकारसँग स्वास्थ्य सेवा सुधारका विभिन्न ७ बुँदे मागसहित केसी ८ दिनदेखि अनसनरत छन् ।
ताजा अपडेट
-
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
प्रतिक्रिया