स्वास्थ्यका लागि दाल कति प्रभावकारी ?
काठमाडौं । अहिले घर घरमा दालको परिकार पाक्ने गर्छ । दाल प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण हुन्छ । जसले शरीरमा पोषण प्रदान गर्छ । दालका प्रकार अनुसार यीनिहरुले दिने पोषणमा भने फरक हुने चिकित्सक बताउँछन् ।
यसमा पर्याप्त मात्रामा फाइबर हुने भएकाले यसले शरीरका लागि चाहिने आवश्यक तत्व दिन्छ । कब्जियत तथा एसिडिटीको समस्या भएका मानिसलाई यसले अझ बढी फाइदा गर्नुका साथै रक्तचाप पनि नियन्त्रण गर्छ ।
कुन दालका फाइदा कस्ता
मुगीको दाल
मुगीको दाललमा खाना पचाउन सक्ने गुण हुन्छ । मुगीको दालले शरीरमा फाइबर, आइरन र प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ । यो मधुमेह भएका बिरामीको लागि राम्रो मानिन्छ । त्यस्तै यसमा कोलेस्ट्रोल घटाउने तत्वसमेत हुन्छ ।
चनाको दाल
चनाको दालमा फाइबर र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरलाई स्वस्थ राख्नुका साथै ऊर्जा पनि दिन्छ । बढ्दो बच्चा र युवाले विशेष गरी चनाको दाल खानुपर्छ, यसले शरीरमा प्रोटिनको कमीलाई हटाउँछ।
चनाको दालले खानामा रुची जगाउँछ । साथै यो दाल कलेजो, मुटुका बिरामीका लागिसमेत राम्रो मानिन्छ । यसले शरीरमा रगको प्रवाहलाई बढाउँछ भने रगत सफा राख्ने गर्छ । रक्तअल्पता, जन्डिस, कब्जियत जस्ता समस्याबाट ग्रसित व्यक्तिका लागि चनाको दालको लाभदायक हुन्छ ।
रहरको दाल
रहरको दालले भिटामिन र मिनरल्सको कमी पूरा गर्छ । यसमा प्रोटिन, पोटासियम, सोडियम, भिटामिन ए, बी, कार्बोहाइड हुने गर्छ । जुन स्वास्थ्यका लागि उपयुक्त मानिन्छ ।
मुसुरोको दाल
यो दालमा फाइबर र प्रोटिन अधिक मात्रामा हुन्छ । मुसुरोको दालले पेट तथा पाचनसँग सम्बन्धित रोग निको पार्न सहयोग गर्छ । यसले घाँटी र आन्द्राको समस्यासमेत हटाउँछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया