सशस्त्रले माग्यो इन्स्पेक्टर र असईमा १६२ जनशक्ति (विज्ञापनसहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) मा १६२ जनशक्ति माग गरेको छ ।
सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानव स्रोत निर्देशनालय भर्ना तथा छनोट शाखा स्वयम्भूले खुला प्रतिस्पर्धाबाट पूर्ति गर्न शुक्रबार सूचना प्रकाशित गरेको हो ।
सबैभन्दा धेरै असईमा ८३ जना र इन्स्पेक्टरमा ७९ जना माग गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह ७१ जना र कानुन उपसमूहमा ८ जना गरी ७९ जना रहेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूहमा ८३ जना माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपालीले आगामी कात्तिक ६ गतेसम्म आवेदन फारम भर्न सक्नेछन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया