खराब बन्दै जर्मनीको विश्वकप तयारी, तुलनात्मक कमजोर टोलीसँग घरमै स्तब्ध
काठमाडौं । चार पटकको विश्वकप फुटबल विजेता जर्मनीको कतार विश्वकप तयारी खराब बन्दै गएको छ ।
युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा गएराति जर्मनी घरमै पराजित भएको छ । त्यो पनि तुलनात्मक कमजोर हंगेरीसँग ।
नेसन्स लिगको समूह चरणको खेलमा हंगेरीले घरेलु टोली हंगरीलाई १-० गोल अन्तरले स्तब्ध बनाएको हो । यो जर्मनीका लागि लज्जास्पद हार हो ।
हंगेरीको जितमा कप्तान एडम सजलाई नायक बने । उनले १७ औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको हो ।
यस जितसँगै लिग एको समूह ३ मा रहेको हंगेरीले पाँच खेलबाट १० अंक जोडेको छ । हंगेरी शीर्ष स्थानमा छ ।
जर्मनी मात्र ६ अंक जोडेर तेस्रो स्थानमा छ ।
विश्वकप आउन दुई महिनाभन्दा कम समय बाँकी रहँदा दाबेदारमध्येको एक जर्मनीको घरेलु मैदानमा भएको हारलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेसन्स लिग छुट्टै प्रतियोगिता हो । यद्यपि, अहिलेको नेसन्स लिगका खेल विश्वकपको तयारीस्वरुप खेलिएका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया