पाटन प्रिमियर लिग : तीन टोली सेमिफाइनलमा
बैतडी । जिल्लाको पाटनमा जारी पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटअन्तर्गत सेमिफाइनल पुग्ने तीन टोलीको टुङ्गो लागेको छ । आयोजक पाटन क्रिकेट क्लब, पाटन क्रिकेट एकेडेमी र कैलपाल क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।
सेमिफाइनल पुग्ने चौथो टोलीको टुङ्गो बुधबार लाग्ने स्कोरर किरन चन्द जानकारी दिए । पाटन क्रिकेट क्लबको आयोजनामा श्रीकृष्ण माविको खेलमैदानमा यही फागुन १३ गतेदेखि उक्त प्रतियोगिता सुरु भएको छ । पन्ध्र टोली सहभागी प्रतियोगिताको फाइनल खेल फागुन २० गते हुनेछ ।
विजेताले रु ५५ हजार ५५५ र उपविजेताले रु २२ हजार २२२ नगखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक खेमराज अवस्थीले बताए । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु तीन हजार ३३३, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई समान रु एक हजार १११ प्रदान गरिने छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया