बन्दसूचीले कांग्रेसमा बबाल
काठमाडौं । कांग्रेसको असन्तुष्ट समूहले आफ्नो शक्ति नजरअन्दाज गरी सिट बाँडफाँट भए गठबन्धनकै उम्मेदवारलाई भोट नदिने चेतावनी दिएको छ । नेता शेखर कोइराला, गगन थापा समूहको शनिबार काठमाडौंमा भएको खबरदारी भेलाले यस्तो चेतावनी दिएको हो ।
भेलामा कोइराला र थापा भने रणनीतिक रूपमै उपस्थित भएनन् ।
भेलामा नेताहरूले कांग्रेसबाहेक दलका उम्मेदवारको जिम्मा लिन नसक्नेसमेत बताएका छन् । यो समूहले कांग्रेसको आन्तरिक एकता नभए गठबन्धन सफल नहुने दाबी पनि गरेको छ ।
पार्टी संस्थापनले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो समूहलाई बेवास्ता गरेको नेताहरूको भनाइ छ । बन्दसूची नसच्याइए र प्रत्यक्षमा ४० प्रतिशत सुनिश्चित नगरे निर्वाचन बहिस्कार गर्ने वा देशभर आफ्ना उम्मेदवार उठाउनेसम्मको चेतावनी कोइराला समूहको छ ।
नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई मात्र होइन, गठबन्धनका अन्य नेताहरूलाई समेत असन्तुष्टिको सन्देश दिएका छन् । गठबन्धनका नाममा बालुवाटारमा हुने सहमति मात्रै आफूहरूलाई मान्य नहुने उनीहरूको भनाइ छ । यो समूहको असन्तुष्टिबीच कांग्रेसले पाँच दलबीच गठबन्धन गर्ने निर्णय गरेको थियो ।
नेता गुरुराज घिमिरेले कांग्रेसको अन्तरिम आयाम नमिने गठबन्धनका उम्मेदवारले नजित्ने चेतावनी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया