त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा उडाउन नपाइने
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा नउडाउन चेतावनी दिएको छ ।
दशैं नजिकिएसँगै विमानस्थल क्षेत्र आसपास चङ्गा उडाएको पाइएकाले प्राधिकरणले आज एक सूचना जारी गर्दै चंगा नउडाउन चेतावनी दिएको हो ।
चंगा उडाउँदा उडान सुरक्षमा गम्भिर असर पर्न सक्ने भएकाले प्राधिकरणले यस्तो गतिविधि नगर्न तथा नगराउन अनुरोध गरेको छ । कसैले सूचनाको अटेर गरी चंगा उडाएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट
-
सुनचाँदीको मूल्यमा वृद्धि
-
स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’
-
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट


प्रतिक्रिया