त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा उडाउन नपाइने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा नउडाउन चेतावनी दिएको छ ।
दशैं नजिकिएसँगै विमानस्थल क्षेत्र आसपास चङ्गा उडाएको पाइएकाले प्राधिकरणले आज एक सूचना जारी गर्दै चंगा नउडाउन चेतावनी दिएको हो ।
चंगा उडाउँदा उडान सुरक्षमा गम्भिर असर पर्न सक्ने भएकाले प्राधिकरणले यस्तो गतिविधि नगर्न तथा नगराउन अनुरोध गरेको छ । कसैले सूचनाको अटेर गरी चंगा उडाएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया