बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक
काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ ।
उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनको आज बिहान चार बजे निवासमै निधन भएको जनाइएको छ ।
मुख्यमन्त्री पाण्डे हेटौंडामा र एमाले नेता सुरेन्द्र पाण्डे चितवनमा छन् । उनीहरु काठमाडौं आइपुगेपछि आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने बुझिएको छ ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्यमा वृद्धि
-
स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’
-
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट


प्रतिक्रिया