चाडपर्वको अवसरमा लोपोन्मुख लिंगे पिङ बजार सञ्चालन
काठमाडाैं । वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने पुरातन मान्यताले पनि धेरैलाई दशैँमा लिङ्गे पिङ खेल्न प्रेरित गदर्छ । विशेष गरी दशैँमा पिङको महत्त्व छुट्टै रहेको पाइन्छ।
दशैंमा खेलिने लिङ्गे पिङको महत्त्वलाई आत्मसात गर्दै नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले दशैँको सुअवसरमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लिङ्गे पिङसहित पिङ बजार सञ्चालन गरेको छ । बिजबजारले काठमाडौँ कीर्तिपुर स्थित हुपील्याण्ड नजिकै रमणीय स्थानमा कीर्तिपुर नगरपालिका वडा नम्बर ६ को वडा समिति, चोभार विकास समिति, आमा समूह चोभार तथा अदितिनाथ सामुदायिक बन उपभोक्ता समिति चोभारको सहकार्यमा असोज १२ गते देखि छठसम्मको लागि एघार वटा लिङ्गे पिङसहित पिङ बजार सञ्चालन गरेको हो । जहाँ सर्वसाधारणले घोडचढीको पनि निःशुल्क मनोरञ्जन लिन सक्नेछन्।
बिजबजारले बडादशैंलाई लक्षित गर्दै हाम्रो परम्परासँग जोडिएको पिङ खेल्ने प्रचलनलाई निरन्तरता दिन र सर्वसाधारणलाई दशैँमा मनोरञ्जन प्राप्त होस् भन्ने हेतुले पिङ बजार सञ्चालन गरेको जनाएको छ। साथै बिजबजारले सो अवधिमा त्यो ठाउँमा पार्किङ गर्ने सर्वसाधारणको लागि १०० रुपैयाँको भौचर कोड PINGBAZAR को पनि व्यवस्था गरेको जसको प्रयोग गरेर सेवाग्राहीले बिजबजार मार्फत सामान खरिद गर्दा रु १०० बराबरको छुट प्राप्त गर्न सक्नेछन्।

लिङ्गे पिङको महत्त्व दशैँसंग अभिन्न रूपमा जोडिएको छ। पिङको मज्जा लिन बालबालिका, युवायुवती देखि वृद्ध वृद्धाहरू समेत पछि पर्दैनन्। दशैँमा रमाउने बहाना मध्ये पिङ एक उत्कृष्ट तरिका पनि हो। दशैँमा हामी विभिन्न प्रकारका खानेकुराहरू खान्छौँ अझ विशेष गरी मासुजन्य परिकार, यसरी दशैँको बेला बढी खानेकुरा खाइने भएकाले उक्त खानेकुरा पचाउनको लागि पनि पिङ खेल्ने गरिएको कतिपयले तर्क गर्दछन्। पिङ मच्याउनका लागि उठ्ने र बस्ने गरिन्छ,यस क्रममा हाम्रो पेटको राम्रो व्यायाम हुन पुग्छ ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्यमा वृद्धि
-
स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’
-
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट


प्रतिक्रिया