ऐनअनुसार नम्बर प्लेट राख्न ट्राफिक प्रहरीको अनुरोध, तोकिए बमोजिमको नराखेमा कारबाही हुने

काठमाडाैं । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार नम्बर प्लेट राख्न अनुरोध गरेको छ । ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ को भाग १ साधारण नम्बर प्लेट द्रष्ट्रब्य ३, र भाग २ इम्बोस्ड सवारी नम्बर प्लेटको हकमा द्रष्ट्रब्य ५, अनुसारक नम्बर प्लेट राख्न अनुरोध गरेको छ हो।
स्पष्ट देखिने र बुझीने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी राख्न ट्राफिक प्रहरीले सबैलाई अनुरोधसमेत गरेको छ । तोकिए बमोजिमको नम्बर प्लेट नराखेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवारी हुने पनि प्रहरीले जनाएको छ ।
यस्तो छ ट्राफिक प्रहरी कार्यालयले राख्न अनुरोध गरेको नम्बर प्लेटको प्रकार :
साधारण नम्बर प्लेट (द्रष्ट्रब्य ३)
सबै किसिमका ठूला तथा मझौला सवारीहरूको नम्बर प्लेटको साईज १४× ८ ईन्च ।
- साना सवारी मध्ये चार पाङग्रेको नम्बर प्लेटको साइज १२ ×७ईन्च
- तीनपाङग्रे टेम्पो आदिको नम्वर प्लेटको साइज १०×७ ईन्च
- दुई पाङग्रे मोटरसाइकल, स्कुटर आदिको नम्वर प्लेटको साइज ८ × ५ ईन्च हुनु पर्नेछ ।
भाग २: इम्बोस्ड सवारी नम्बर प्लेट (द्रष्ट्रब्य ५ )
- ठुला सवारी साधनको नम्बर अगाडीको ५२०×११० मिलिमिटर र पछाडीको ३४०×२०० मिलिमिटर हुनुपर्ने
- मझौला तथा साना चारपाङग्रे सवारी साधनको नम्बर अगाडीको ४३०×११० मिलिमिटर र पछाडीको २८०× १८० मिलिमिटर हुनुपर्ने
- साना तिनपाङगे्र सवारीको नम्बर अगाडीको २४०×१३० मिलिमिटर र पछाडीको २४०×१३० मिलिमिटर हुनुपर्ने
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया