NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

नाइजेरियाको चर्चमा आक्रमण हुँदा दुईको मृत्यु

नाइजेरिया । नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका नाइजेरियाली प्रहरीले सोमबार जनाएको छ ।

घटना आइतबार अबेर राति भएको हो । अज्ञात बन्दुकधारीहरुको समूहले केन्द्रीय राज्य कोगीको फेले क्षेत्रको सेलेस्टियल चर्च अफ क्राइस्टमा एक कार्यक्रममा भाग लिइरहेका उपासकहरूलाई अन्धाधुन्ध गोली प्रहार गरेको प्रान्तीय राजधानी लोकोजामा राज्यका प्रहरी प्रवक्ता विलियम ओभिए–आयाले बताएका छन् ।

दुई महिला उपासकहरू पहिले नै मारिएका र अन्य धेरै घाइते भएका जनाइएको छ । प्रहरी पुगेपछि बन्दुकधारीहरु फरार भएका थिए ।आक्रमणकारीको खोजी भइरहेको र मृतकहरुलाई शव गृहमा राखिएको र घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएका छन् । अहिलेसम्म आक्रमणकारीहरु पक्राउ परेको घोषणा गरिएको छैन ।

ताजा अपडेट

नेपालवाच विशेष