जावलाखेलमा पुष्पमेला (फोटोफिचर)

काठमाडौं । ललितपुरको जावलाखेलमा १५ औं गोदावरी पुष्पमेला बिहीबारबाट सुरू भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा सञ्चालन भएको यो मेला कात्तिक ६ गतेसम्म सञ्चालन हुनेछ ।
उक्त पुष्पमेला प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा फूलका स्टलहरु छन्। प्रदर्शनीमा सबै प्रकारका फूलहरू राखिएको एशोसिएशनले जनाएको छ । यसका साथै प्रदर्शनमा फूलमा हाल्ने अर्ग्यानिक मल, फूल गोडमेल गर्नका लागि चाहिने सामग्री, गमलालगायत राखिएका छन् ।
प्रदर्शनीमा १०० रुपैयाँदेखि १५ हजारसम्मका फूलहरु राखिएका छन् । सर्वसाधरणले उक्त पुष्पमेलामा गएर मनपर्ने फूल किन्न सक्नेछन् ।
फोटोफिचर :
फोटो : अमरदीप श्रेष्ठ/नेपालवाच
प्रतिक्रिया