‘भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहाना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन् ।
आज आयोजित चुनावी कार्यक्रममा उनले मुलुक निर्माण आफ्नो पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
नेता सिंहले प्रशासनिक प्रक्रियामा झन्झटिलो रहेको, समयमा कहीँ काम नहुने गरेको भन्ने जनताको गुनासोको अन्तः गर्नु आफ्नो प्राथमिकता रहेको जानकारी दिए । राजनीतिक स्थायित्वले मात्र सुशासन कायम हुने र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने उनको भनाइ छ ।
आगामी निर्वाचन मुलकमा राजनीतिक स्थिरता कायम गराउने र अस्थिरता चाहनेबीचको प्रतिस्पर्धा भएको उल्लेख गर्दै नेता सिंहले युवामा आशा जगाउन मुलुकभित्र काम गरेर घरपरिवारमा रमाउने वातावरण निर्माणमा जोड दिए ।
काठमाडौंको मुख्य समस्या खानेपानी, फोहर व्यवस्थापन, ट्राफिक जामलगायत न्यूनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू जनतामाझ आइरहेकाले विवेकपूर्ण निर्णय गर्न आममतदातालाई उनले आग्रहसमेत गरेका छन् ।
ताजा अपडेट
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
-
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता
प्रतिक्रिया